काठमाडौँ– अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘ह्याप्पी डेज’को अफिसियल टीजर सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशित चलचित्रले १५ मंसिरलाई प्रदर्शन मिति घोषणा गर्दै टिजर रिलिज गरेको हो ।


ADVERTISEMENT


चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बुको अभिनय रहेको चलचित्र बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको कथामा बनेको हो ।


ADVERTISEMENT

# # #


साढे दुई करोड रुपैयाँ बजेट प्रचार गरिएको चलचित्रलाई चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको चलचित्रमा लगानी रहेको छ ।

सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन चलचित्रमा छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।