काठमाडौं-जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे ।


ADVERTISEMENT


उनी सामान्य रुपमै सुत्केरी भइन्। सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्लो दिन झन बढी पीडा हुन थाल्यो ।


ADVERTISEMENT

# # #


‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्। त्यो दुखाईबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्काए, पीडा त भइहाल्छनी ।

उनको गुप्तांग भित्र प्याड राखेर टाँका लगाइएको रहेछ । त्यो प्याड सुत्केरी भएको १२ औं दिनमा मात्र निकालिएको थियो ।-आजको अन्नपूर्ण पोष्टबाट