काठमाडौं– हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।


ADVERTISEMENT


पशुपति क्षेत्र विकास कोषले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूव्र्यसनीमा युवाहरुलाई फस्न नदिन पनि पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्द गराइएको जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


सरकारले प्रतिवन्ध लगाएका सबै खालका नशालु पदार्थ पशुपति क्षेत्रमा सेवन गर्न तथा विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।

कोषले महाशिवरात्रीको मुखैमा पशुपति क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि सबैमा आह्वान गरेको छ ।
कोषले साधुसन्तलाई पनि पशुपति क्षेत्र भित्र गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि आग्रह गरेको छ ।  सदस्य सचिव ढकालले पशुपति क्षेत्रलाई धार्मिक क्षेत्रकै रुपमा विकास गर्न पनि नशालु पदार्थ सेवन गर्ने कामलाई प्रतिवन्ध लगाउनु परेको स्पष्ट पारे ।

पत्रकार सम्मेलन बोल्दै डिएसपी अनुपम श्रेष्ठले कोषसँग मिलेर पशुपति क्षेत्रमा पनि नशालु पदार्थ सेवन रोक लगाउने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले नशालु पदार्थ सेवन गर्नेहरुमाथि कार्वाही प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए । पशुपति क्षेत्रमा महाशिवरात्रीमा खुलेआम गाँजा, भाङ लगायतका नशालु पदार्थ सेवन गर्ने गरिन्थ्यो । अव भने त्यसो गर्न नपाईने कोषले स्पष्ट पारेको छ ।