काठमाडौं-सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० गोलगोल खाँडलमा बनाउने निर्णय गरेपछि रुकुमकोटवासीहरू आन्दोलित भएका छन् । उनीहरू बिहीबार राती १० बजेदेखि नै आन्दोलित भएका हुन् ।


ADVERTISEMENT


आन्दोलित रुकुमवासीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सदरमुकाम रुकुमकोट आउने सबै नाकाहरु बन्द गरेका छन्। सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयार भइ रहेको यहाँका बुद्धिजीवि बलवहादुर शाहीले जानकारी दिए । ‘सरकारी कामकाज समेत सुरु भई सकेको रुकुमकोटबाट गोलगोल खाँडलमा सार्ने निर्णर्य जनताको विपक्षमा छ उनले भने, यो कुनै पनि हालतमा स्वीकार्य छैन् । सरकारले यो निर्णय तत्काल सच्याउनुपर्छ’ उनले भने ।


ADVERTISEMENT

# # #


रुकुमवासीले विहीबार साँझ पाँच सय ५१ सदस्यीय संघर्ष समिति समेत निर्माण गरेका छन् । सदरमुकाम रुकुमकोट कायम नगरेसम्म विभिन्न आन्दोलनहरू गर्ने यहाँका बासिन्दाहरूको भनाई छ । स्थानीय जनप्रतिनिधि, स्थानीय, बुद्धिजिवी, सर्वसाधारणहरु आन्दोलनमा होमिएका छन् । यस अघि सरकारले प्रस्तावित सदरमुकाम रुकुमकोटलाई कायम गरेको थियो । हाल यहाँ सरकारी संरचनाहरू निर्माण भइरहेका छन् । आन्दोलनसँगै जिल्ला प्रशासन घेराउ, बजार, शिक्षालय, सरकारी कार्यालय, यातायात बन्द गर्ने कार्यक्रम रहेको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।

सरकारले निर्णय गरेको स्थानमा जिल्ला सदरमुकाम हुन नसक्ने यहाँका वासिन्दाहरुको भनाई छ । उक्त स्थानमा पुर्वाधारहरू निर्माण नभएको र रुकुमकोट उपयुक्त स्थान भएको रुकुमकोटवासीहरूको भनाई छ । नन्दलाल शर्मा र हरिकृष्ण गौतमको नेतृत्वमा आन्दोलन चर्किएको छ ।