काठमाडौं– बिहीबार काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरको एक हेलमेट पसलमा भीषण आगलागी भएको छ । काठमाडौंको बालाजु बस्ने रामकिरण कर्माचार्यले सञ्चालन गर्दै आएको हेल्मेट पसलमा विद्युत सर्ट भई आगलागी भएको हो ।


ADVERTISEMENT


आगलागीबाट हेल्मेट, टायर लगायत मोटरसाइकलका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ । उक्त घटनामा १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।


ADVERTISEMENT

# # #