काठमाडौँ– भारतले वीरगञ्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाई दायर रिट निवेदनमा भनिएको छ, ‘पुराना पिल्लरको ठाँउमा नयाँ पिल्लर राख्दा नेपालतर्फ चापी सुगौली सन्धी र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगञ्ज मा.न.पा. १ छपकैया एरिया सिर्सैया खोलाधार तर्फको लगभग ३०० मिटर नेपालको जमिन मिचि मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको छ ।’


ADVERTISEMENT

# # #


सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरेका छन् । साथै सुगौली सन्धी र साविकका जंगे पिल्लर भन्दा फरक प्रकृतीले सीमा स्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

रिटको पेशी बुधबारका लागि तोकिएको छ । वीरगञ्जको छपकैयामा सीमा स्तम्भ गाड्ने क्रममा स्थानीय वासिन्दाले आफूहरुको ५० विघा जग्गा मिचिएको भन्दै विरोधमा उत्रिएका छन् । तर नापी विभागले विज्ञप्ति जारी गरी नेपाली भूमि नमिचिएको दाबी गरेको छ ।