वीरगञ्ज– पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाली भुमी भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको छ ।


ADVERTISEMENT


आफ्नो भुमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो । भारतले सिमा मिचेको जग्गाधनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।


ADVERTISEMENT

# # #


महतोकोमात्रै सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ । महतोले त्यस वरिपरि भारतले करिब ५० बिगा जग्गा मिचेको छ ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।