सल्यान – सल्यानमा सोमबार दिउँसो बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।


ADVERTISEMENT


रुकुमबाट दाङका लागि छुटेको कालिकामालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यलय लुहामका इन्चार्ज लक्ष्मण डागीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुर्घटनामा दुई पुरुष र दुई महिलाको मृत्यु भएको भएपनि पहिचान भने खुल्न सकेको छैन ।घाइतेहरुको श्रीनगर लगाएतका स्थानमा उपचार भइरहेको छ । घटना स्थलमा अहिले प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । दुर्घटना किन र कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको इन्चार्ज डागीले बताए