हुम्ला । सडक सञ्जालमार्फत चीनसँग हुम्ला जोडिएको छ । कर्णाली करिडोर अन्तरर्गत हिल्सा सिमकोट सडक–खण्डको निर्माण कार्य छोटिँदै गएपछि हुम्ला–चीन जोडिएको हो । ९५ किमी रहेको हिल्सादेखि दक्षिण नाम्खा ख्याजुङ्ग गाउँपालिकाको ओखरथलासम्मको सडक ७१ किलोमिटर निमार्ण भएसकेको छ भने सिमकोटदेखि हेक्पा खोलासम्मको १५ किलोमिटर सडक बनेपछि चीनसँगको हुम्ला यात्रा छोटिएको हो ।


ADVERTISEMENT


कालिकोट खुलालुदेखि उत्तर सल्लिसल्लासम्मको १ सय ५४ दशमलव १० किलोमिटर सडक नेपाली सेनाले निर्माण गदै आएको छ । हिल्सा सिमकोट सडक आयोजना कार्याालयले छारे र छारे खापुनार्थ सडकको ४६ दशमलव ९० किलोमिटर लागि टेन्डर भइसकेको छ । सडक निर्माण कार्यलाई अगाडि बढाउन नेपाली सेनाको हेलिकप्टरबाट सर्केगाँड गाउँपालिकासम्म स्काभेटर पु¥याइसकेको हिल्सा सिमकोट आयोजना कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


चीनसँग जोडिन ९ किलोमिटर बाँकी

हुम्ला कर्णाली करिडोर अन्तरगर्तको हिल्सा सिमकोट खण्ड छोटिदै गएपछि चीनसँग पनि हुम्ला ९ किलोमिटर बाँकी रहेको छ । सो सडक खण्डको ९५ किलोमिटर लम्बाई रहेको हिल्सादेखि दक्षिण नाम्खा ख्याजुङ्ग गाँऊपालिकाको ओखरथालसम्म ७१ र सिमकोटदेखि हेक्पा खोलासम्म १५ किलोमिट खडकमा ट्रयाक खुलेपछि निरन्तर गाडी गुड्न थालेको छ । हिल्सा सिमकोट सडक खण्ड निर्माण २०५५ , ०५६ बाट निर्माण कार्य सुरु भएको हो ।

सुस्त गतिमा बढेको निर्माण काम स्थानीयको दबाबपछि ०६५र६६ बाट सडक विभागमार्फत निर्माण भएको छ । सडक आयोजनाका प्रमुख विजयकुमार थापाले तुम्कोटस्थित कर्णाली नदीकामा यो वर्ष बेलिब्रिज निर्माण तिब्रता पाएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न थालेको स्थानीय बासिन्दाहरुले सहज महुुशुस गरेका छन् । यसअघि कर्णाली नदीको पुल निर्माण कार्य नभएपछि हिल्सादेखि तुम्कोटसम्म ३८ किलोमिटर गाडी गुड्दै आएको थियो । चीनसँग सडक जोडिनको लागि जम्मा ९ किलोमिटर मात्रै रहेको हिल्सा सिमकोट आयोजनाको दाबी छ ।