बेइजिङ । नेपाल र चीनका उद्योगी व्यवसायीबीच राष्ट्रिय व्यापार आदान प्रदान सम्झौता भएको छ । चीनको बेइजिङमा आयोजित दक्षिण एसिया तथा दक्षिण पूर्वी एसिया लगानी तथा व्यापार मेलामा ओविओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च र चिनियाँ उद्योगी व्यवसायीबीच व्यापार सम्झौता भएको हो ।


ADVERTISEMENT


मञ्चका अध्यक्ष भाष्करराज राजकर्णिकार र चिनिया ब्यवसायीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताले चिनिया लगानी र दुईपक्षीय व्यापार विस्तारमा महत्वपुर्ण भूमिका खेल्ने सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज बैद्यले बताए ।


ADVERTISEMENT

# # #


चिनको ओविओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या र कार्यकारी अध्यक्ष जोङ जुझाङले नेपालमा चिनिया लगानी बढाउन सम्झौताले थप सहजता ल्याउने विश्वास ब्यक्त गरे ।

त्यस्तै दुई देशबीचको बिज्ञापन व्यवसाय मार्फत व्यापारिक सम्वन्ध स्थापना गर्ने छुट्टै सम्झौता समेत भएको छ । सो सम्झौतापत्रमा नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष निर्मलराज पौडेलले हस्ताक्षर गरेका छन ।

साथै व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि कार्यबिनायक टेड समुहका राजेश बज्राचार्य र चिनिया कम्पनी बिच पनि सम्झौता भएको छ । मेलामा मञ्चका अध्यक्ष राजकर्णिकारले नेपाल र दक्षिण एसियाका लागि ओविओआरको रणनितिक योजना उपलब्धिमुलक हुने बताए ।

मेलामा चिन, नेपाल, बंगलादेश तथा भियतनामका सरकारी अधिकारी सहभागी छन् । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष निर्मलराज पौडेल, कार्यबिनायक ट्रेड समुहका राजेश बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत व्यवसायीको सहभागिता रहेको छ ।।