काठमाडौं-डडेल्धुराको परशुराम नगरपालिकामा न्यानो लुगा खरीदमा अनियमितता भएको पुष्टि भएको छ । कुल ९ लाखको लुगा खरिदमा ३ लाख २० हजार ४१९ रुपैयाँ अनियमितता भएको छानबिन समितिले ठहर गरेको हो ।


ADVERTISEMENT


नगर कार्यपालिका बैठकले ज्येष्ठ नागरिकका लागि न्यानो लुगा खरिद गर्दा अनियमितता गर्ने परशुराम नगरपालिकाका सूचना अधिकारी जगन्नाथ जोशीमाथी कारवाहीको माग गरेको छ । बैठकले अनियमितता गरेको रकम सोधभर्नासहित कारवाही गर्न नगर प्रमुख भिम बहादुर साउँदलाई आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि नगरपालिकाले छनविनका लागि वडा अध्यक्ष तथा कार्यपालिका सदस्य केशव बोहराको संयोजकत्वमा समिति गठन गरेको थियो । मुख्य तीन वडाका राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समितिमा नेकपा एमालेबाट गणेशबहादुर सिंह, नेपाली कांग्रेसबाट कैलाश कुमार पाण्डे, नेकपा माओवादी केन्द्रबाट शेरसिंह माल थिए ।