काठमाडौं-स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।


ADVERTISEMENT


गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा आज बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिएका छन् । टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ ।