काठमाडौं– नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटन् पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले विहिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केन्द्रिय कार्यसमिति बैठकको शुभारम्भ गर्दै राष्ट्रियसभा निर्वाचनको तयारीमा केन्द्रित हुन पनि पार्टीका नेताहरुलाई सचेत गराएका हुन् ।


ADVERTISEMENT


बैठकको सुरुमै पार्टी सभापति देउवाले राष्ट्रियसभाको निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यसक्रममा सभापति देउवाले निर्वाचनको समीक्षाका लागि तत्काल पार्टी महासमिति बैठक बोलाउने आश्वासन पनि दिएका थिए । निर्वाचनपछि पहिलोपटक बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकमा सभापति देउवाले निर्वाचनमा पार्टीले पराजय व्यहोर्नु पर्नाका कारणको खोजी गर्न आफू खुल्ला रुपमा बहस गर्न तयार रहेको बताएका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा बोल्दै काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजय व्यहोर्नु पर्नाको कारणको समीक्षा गरेर मात्रै पार्टीलाई सुदृढ बनाउन सकिने धारणा राखेका थिए । बैठकमा नेताहरुले एकताबद्ध भएर राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटने वातावरण तत्काल बनाउन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।