काठमाडौं-एमाले उपाध्यक्ष युवराज ज्ञवाली प्रदेश नम्बर ५ र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले प्रदेश नं. ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन मतदाता भएका बादललाई माओवादीले खुला पुरुष कोटामा उम्मेदवारी बनाउन लागेको हो ।


ADVERTISEMENT


प्रदेश ३ मा एमालेको एकल बहुमत रहे पनि वाम कार्यदलको बैठकमा उनलाई खुला कोटाबाट उम्मेदवार बनाउने गरी समझदारी भएको एक नेताले बताए ।


ADVERTISEMENT

# # #


‘एमालेकै नेताहरूको प्रस्तावमा उहाँ प्रदेश नं. ३ बाट खुला कोटामा उम्मेदवार बन्नुहुनेछ,’ माओवादीका एक नेताले भने, ‘पार्टीले अन्तिम निर्णय गर्न मात्र बाँकी छ।’ त्यस्तै, पदाधिकारीहरूमध्ये ज्ञवालीलाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी गरे पनि एमालेले पनि निर्णय गरेको छैन।

ज्ञवाली र बादल दुवै राष्ट्रिय सभाको सम्भावित अध्यक्षका रूपमा चर्चामा रहे पनि सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको बाँडफाँड टुंगिसकेको छैन।-आजको नयाँ पत्रिकाबाट