काठमाडौं-प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ ।


ADVERTISEMENT


प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

‘मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागज किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केही बुझ्नुपर्ने भएको हुँदा,’ प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा लेखिएको छ, ‘खोजतलास गरी यस कार्यालयमा अविलम्ब उपस्थित गराइदिनुहुन अनुरोध छ ।’-आजको कान्तिपुरबाट