काठमाडौँ– सरकारले प्रदेश नं ३ को प्रदश प्रमुखमा अनुराधा कोइरालालाई तोकेको छ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशका प्रमुख तोकेपछि कोइराला तोकिएकी हुन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर थापाका अनुसार कोइरालाई प्रदेश नं ३ को प्रमुखको जिम्मेवारी दिइएको हो ।


ADVERTISEMENT

# # #


को हुन् अनुराधा कोइराला ?

सन् १९४९ मा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा जन्मिएकी कोइराला प्रसिद्ध संस्था माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । उनले माइती नेपाल मार्फत बेचिएका चेलीबेटीको उद्वार गरिरहेकी छिन् । खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ ।

बाबु कर्णेल प्रताप शिंह गुरुङ र आमा लक्ष्मी गुरुङको कोखबाट जन्मिएकी अनुराधा कोइरालाले १० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेर भारतकै कोलकाताबाट बीए पास गरेकी छिन् ।

सन् २०१० मा चेलीबेटीको उद्दार गरेवापत सिएनएन हिरोबाट सम्मानित कोइराला सन् २०१७ मा भारतको सबैभन्दा ठूलो पदक पद्मश्री पदक पाउने पहिलो विदेशी नागरिक बनेकी थिइन् ।

१९ वर्षे किशोर उमेरमा काठमाडौँका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी अनुराधा गत कार्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।