काठमाडौं-सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको छ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ । आजको बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी तोक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।


ADVERTISEMENT


प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ भने ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।


ADVERTISEMENT

# # #


प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । ‘प्रदेश १ को नाम हेरफेर हुनसक्छ, अरु लगभग फाइनल हो,’ स्रोतले भन्यो ।

गोविन्द सुब्बा कांग्रेसका पुराना नेता हुन् । उमाकान्त झा पूर्व प्रशासक एवं खिलराज रेग्मी सरकारका मन्त्री हुन् । उनी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् ।

अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष हुन् भने बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । यस्तै दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् । मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् ।