दाङ– ५ नम्बर प्रदेशको राजधानी माग गर्दै दाङबासीले बन्द आह्वान गरेका छन् ।


ADVERTISEMENT


मंगलबार दिउँसोदेखि तुलसीपुर, घोराही र लमही क्षेत्रका सडकमा आन्दोलन भइरहेको छ । दिउँसो २ बजेदेखि आन्दोलनकारीले बजार तथा यातायात बन्द आह्वान गरेका छन् । सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरिरहेका बेला दाङमा अस्थायी राजधानीको माग गर्दै आन्दोलन सुरु भएको हो ।


ADVERTISEMENT

# # #


नागरिकहरु स्वतःस्फूर्त रुपमा सडकमा आएको तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजालले बताए ।
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दा गुल्मीदेखि बर्दिया, रुकुमदेखि नवलपरासीसम्मका नागरिकलाई पायक पर्ने स्थानको खोजी नगरे आन्दोलन चर्कने नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले चेतावनी दिए ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले पनि आन्दोलन जारी रहने बताए ।