काठमाडौं-आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते भएकी छन् ।


ADVERTISEMENT


बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ ।


ADVERTISEMENT

# # #


पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उनको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् ।