काठमाडौँ– सङ्घीय प्रणालीमा मुलुकको रुपान्तरणसँगै रेडियो नेपालले प्रादेशिक प्रसारण आरम्भ गर्ने भएको छ ।


ADVERTISEMENT


रेडियो नेपालको ६७औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशमा आधुनिक सुविधासहितको प्रसारण केन्द्र स्थापना गरी प्रादेशिक प्रसारण आरम्भ गर्न लागिएकोे जानकारी दिइएको हो । ती प्रसारण आउँदो आर्थिक वर्षमा सुरु हुने योजना छ ।


ADVERTISEMENT

# # #


संस्थाको साङ्गठनिक ढाँचालाई संविधानबमोजिम प्रदेश संरचनामा लान सङ्गठन तथा व्यवस्थापन अध्ययन भइसकेको र प्रादेशिक प्रसारणबारे सरोकारवाला र श्रोतासँग अन्तक्र्रिया गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताए। हाल २४ सैँ घन्टा केन्द्रीय प्रसारण गरिरहेको रेडियो नेपालले १८ घन्टा प्रदेश प्रसारणको तयारी गरेको छ ।

मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल विसं २००७ चैत २० मा स्थापना भएको हो । हाल यसले २१ भाषामा समाचार र १८ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । यसले नियमितरुपमा जागरण गीत तथा फूलबारी गीत सम्मेलन गर्दै आएको छ ।

कार्यकारी निर्देशक कार्कीले रेडियो नेपाल हाल ८६ प्रतिशत जनसङ्ख्याबीचमा प्रसारण पहुँचमा रहेको र प्राविधिक स्तरोन्नतिका लागि नयाँ ट्रान्समिटर आउने क्रममा रहेको जानकारी दिए ।