काठमाडौँ– नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आज सामूहिक राजीनामा दिने भएका छन्।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रले मन्त्रीलाई बिहिबारै फिर्ता बोलाउने निर्णय गरे पनि सार्वजनिक विदा भएकोले आज राजीनामा दिन लागेको विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले बताए।


ADVERTISEMENT

# # #


‘हामीले चुनावसम्म सरकारलाई सहयोग गर्ने गरि सरकारलाई साथ दिएका थियौं। निर्वाचन पछिको परिस्थितिमा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहुन्छ भन्ने लागेको थियो। तर त्यस्तो नभएपछि हामीले नै राजीनामा दिन लागेका हौ,’ उनले भने, ‘पार्टीले सरकारबाट फिर्ता बोलाउने पत्र तयार पारिसकेको छ। पार्टीका तर्फबाट आज प्रधानमन्त्रीलाई पत्र जान्छ।’

एमालेसँग चुनावी गठबन्धनहुँदै पार्टी एकता गरेसँगै माओवादीका १६ मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय बनाएका थिए।