काठमाडौं– निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । गत असोज २३ गते काठमाडौंको शान्तिनगर स्थित खरिबोटमा गोली प्रहारबाट गौचनका हत्या भएको थियो ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गौचन हत्यामा संलग्न राजकुमार शाह, सुर्य र श्याम गुप्तालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले यसअघी घटनाको मुख्य योजनाकार गुण्डा नाईके समिरमान सिंह बस्नेत, राजिव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी समेत ८ जनालाई पक्राउ गरिसकेको छ ।

पछिल्लो तीन जना सहित गौचन हत्यामा संलग्न हरुको पक्राउ संख्या ११ पुगेको छ । तर, प्रहरीले घट्नामा गोली हान्ने भुमिकामा रहेका मुख्य दुई जना सुटरलाई भने अझै नियन्त्रणमा लिन सकेको छैन ।