काठमाडौं-सम्बन्धन र कलेजमा सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिका लागि चलखेल सुरु भएको छ ।


ADVERTISEMENT


चार बर्षदेखि बर्खास्तीमा परेर चार दिन कार्यकाल बाँकी रहेका पूर्व डिन डा. शशी शर्माको पदावधीसमेत सकिन एक दिन बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी फेरी आफूअनुकुलको डिन ल्याउने चलखेलमा देखिएका छन् ।


ADVERTISEMENT

# # #


डा. शर्माको कार्यकाल बिहीबार सकिँदैछ । यसबीचमा अदालतले शर्माको पूनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्ति समेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले पूरानोको पूनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन भएको अर्थ लगाएका छन् ।

त्रिवि उपकुलपति डा.तीर्थ खनियाँले एकै पटक दुई डिन हुन नसक्ने भन्दै सार्वजनिक रुपमै डा. अग्रवालको ठाउँमा नयाँ डिन नियुक्ति गर्ने बताइसकेका छन् ।-आजको नागरिक दैनिकबाट