काठमाडौं-वाम गठबन्धनका दुई घटक नेकपा एमाले र माओवादी केन्द्र बुधबार बिहानदेखि छलफलमा जुटेका छन् । सरकार निर्माण, प्रदेश सांसद र राष्ट्रिय सभाको विषयमा केन्द्रीत रहेर दुई पार्टीका शीर्ष नेता तथा संयुक्त कार्यदल सदस्यहरु छलफलमा जुटेका हुन् ।


ADVERTISEMENT


बैठक यतिबेला नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसिरहेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एकता संयोजन समितिको बैठक मंगलबार साँझ पनि बालकोटमा बसेको थियो ।

बैठकले आगामी राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र सरकार निर्माणका लागि उपसमिति गठन गरेको थियो । कार्यदललाई राष्ट्रिय सभा, प्रदेश संसद् र प्रदेश सरकार गठनसम्बन्धी समग्र गृहकार्य गर्ने कार्यादेश दिइएको छ ।

उपसमितिमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

एमाले अध्यक्ष केपी ओली आज दिउँसो स्वास्थ्य उपचारका लागि बैंकक जाने कार्यतालिका रहेको छ ।