काठमाडौं-अदालतको अवहेलना अभियोगमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी विरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ ।


ADVERTISEMENT


हिजो बयान सकिएपछि आज बिहान १० बजे सुनुवाईका लागि बोलाइएको हो । हिजो नै सुनुवाई हुने कार्यतालिका रहे पनि समय अभावका कारण आजको लागि सारिएको हो ।


ADVERTISEMENT

# # #


बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताएका छन् । डाक्टर केसीको पक्षमा सयजना वकिलले बहस गर्न वकालतनामा गराएका छन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठी लगायत झण्डै सयजना वकिलले केसीको पक्षमा बहस गर्ने भएका हुन् ।

डा. केसीलाई भने स्वास्थ्यमा समस्या देखिएपछि हिजै बीर अस्पतालमा भर्ना गरिएको छ । उनको मांसपेशी बाउडिने तथा मुटुको धड्कनमा वृद्धि हुनुका साथै अनशनका कारण स्वास्थ्यमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

डा. केसीले भने अनशनलाई निरन्तरता दिएका छन् । केसीले माग पूरा नभएसम्म अनसन नछोड्ने अडान राखेका हुन ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा लगायत माग राखेर उनले सोमबार १४ औँ अनशन थालेका हुन ।