काठमाडौं-झापाको इलाका प्रहरी कार्यालय, गौरीगञ्जको हिरासतभित्रै एक जना अभियुक्तले आत्महत्या गरेका छन् । गाउँमा झगडा गरेको आरोपमा पक्राउ परेका गौरीगञ्ज–३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले दिएको जानकारी अनुसार उनले कार्यालयको शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी १८ दिनदेखि प्रहरी हिरासतमा थिए । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #