ईलाम– निर्वाचन सम्पन्न भएको ३० दिनभित्रमा खर्चको विवरण बुझाइक्नुपर्ने सरकारी प्रावधानको अधिकांश राजनीतिक दलका प्रतिनिधिले अझै बेवास्ता गरेका छन् । गएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका ५१ जनामध्ये आठ जनाले मात्र हालसम्म खर्चको विवरण बुझाएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकामध्ये नयाँशक्ति पार्टी नेपाल क्षेत्र–१का मानवीर लेप्चा, क्षेत्र नं २ का देवकुमार जवेगु र प्रदेशसभासदस्यमा क्षेत्र नं १ (क) का हरि गुरूङले निर्वाचन कार्यालयमा खर्चको विवरण पेश गरेका छन् । ती उम्मेदवारले रु ८७ हजारका दरले खर्चको विवरण पेश गरेको कार्यालयका नासु खेम राईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले रु १५ लाख ७८ हजार निर्वाचन खर्चको विवरण बुझाएका छन् भने उनका प्रतिस्पर्धी नेकाका भुपेन्द्र कट्टेलले रु नौ लाख ५३ हजार खर्च भएको विवरण बुझाएका छन् ।

वाम गठबन्धनबाटै प्रदेशसभा–१ (क) मा निर्वाचिन खिनु लङ्वा लिम्बूले रु १४ लाख ३५ हजार ८००, वाम गठबन्धनमा प्रदेशसभा २(ख) बाट निर्वाचित धीरेन्द्र शर्माले रु आठ लाख ७० हजार खर्च भएको विवरण पेश गरेका हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको हकमा रु २५ लाख र प्रदेशसभा सदस्यको उम्मेदवारको हकमा रू १५ लाख खर्चको सीमा निर्धारण गरेको थियो ।

यस्तैगरी जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा एक हजार ५९२ उम्मेदवारमध्ये एक हजार २३ जनाले मात्रै खर्च विवरण बुझाएको कार्यालयका नासु राईले जानकारी दिए ।