काठमाडौं– नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुविसु केवलनेट प्रालि १८ औं बर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ ।


ADVERTISEMENT


सुविसुले आफ्नो आफ्नो १७ बर्षे यात्रा पुरा गरेको अवसरमा उच्चकोटिका सेवाहरु डिजिटल टीभी सेवा, इन्टरनेट टीभी–ओटीटी एफटीटीएच सेवा प्रदान गर्न थप प्रतिबद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीको वार्षिकोत्सवका अवसरमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले सुबिसु सफलतापूर्वक १८ औं वर्षमा प्रवेस गर्नुमा ग्राहकहरुको निरन्तर साथ,माया र विश्वास भएको दाबी गरेका छन् ।