काठमाडौँ– अभिनेत्री स्वेताको फिल्म ‘कान्छी’को दोस्रो गीत सार्वजनिक भएको छ । यो जिउ दाउमा लाउने बोलको उक्त गीतमा दयाहाङ राई र स्वेताको लगायतको अभिनय देख्न सकिन्छ ।


ADVERTISEMENT


पहिलो गीत ‘चरी चट्ट परी’को लोकप्रियतासंगै फिल्म निर्माण युनिटले दोस्रो गीन सार्वजनिक गरेको हो । चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् ।


ADVERTISEMENT

# # #


फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का , दयाहाङ राई,अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । यस चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो चलचित्रलाई श्वेता आफैले निर्माण गरेकी छिन ।