काठमाडौं-राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखाना जावलाखेलमा रहेका सरकारी वन्यजन्तुलाई राष्ट्रिय शोक वा उत्सव समारोहमा बिदा मिल्दैन ।


ADVERTISEMENT


वर्षभरि ३६५ दिन नै खुला रहने सदर चिडियाखानाको यो विशेषताका कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या लोभ लाग्दो रहन गएको छ ।


ADVERTISEMENT

# # #


चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार सरदर वार्षिक ११ लाख अवलोकनकर्ता चिडियाखानामा वन्यजन्तु अवलोकनका लागि भित्रिरहेका छन् ।

चिडियाखानामा सबैभन्दा जेठो चाइनिज डेलिगेटर भनिने गोही छ भने ६५ वर्ष उमेरको हात्ती पनि छ । काकातुवा, चितुवा, चरीबाघ, बङ्गाल बाघ, सारस, धनेश, भुँडीफोरलगायतका जनावर र पक्षी यहाँको आकर्षण छ ।

जलचरका रूपमा समुद्रमा पाइने विभिन्न प्रजातिका माछा, दुम्सी, गोमन सर्पलगायतका आकर्षक जनावर यहाँ छन् । चित्तल, घोरल, बाह्रसिङ्घे, अष्ट्रिच अवलोकन गरेर आगन्तुक रमाइरहेका छन् ।

राष्ट्रिय बिदा वा सार्वजनिक बिदामा चिडियाखानाको प्रशासनलाई बिदा मिले पनि जनावरलाई छुट्टी मिल्दैन, बिदाकै बेला पनि चिडियाखाना खुला हुने गरेकाले अवलोकनकर्ता माझ चिडियाखाना प्रिय बन्दै गएको छ ।