काठमाडौं-इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलसँग बराबरी खेलेपछि चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । बुधबार राति भएको खेलमा आर्सनल र चेल्सीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।


ADVERTISEMENT


इमिरेट्स स्टेडियमा भएको खेलमा आर्सनलका लागि ज्याक विल्शेर र हेक्टर बर्लीनले समान एक एक गोल गरे । चेल्सीका लागि इडेन हाजार्ड र मार्कुस अलोन्सोले समान एक एक गोल गरेका थिए । खेलको चारै गोल दोस्रो हाफमा भएको थियो ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा पहिलो हाफ बराबरी खेलेको आर्सनलले सुरूवाती अग्रता लियो। खेलको ६३ औं मिनेटमा ज्याक विल्शेरको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६७ औं मिनेटमा पाएको पेनाल्टीमा हाजार्डले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ८४ औं मिनेटमा अलोन्सोले गोल गरेपछि चेल्सी २ – १ ले अघि बढ्यो। तर, खेलको इन्जुरी समयमा आर्सनलका बर्लीनले एक गोल फर्काएपछि खेल २–२ गोलको बराबरीमा सकियो।

यो बराबरीपछि आर्सनलले पनि पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ। लिगको छैटौं स्थानमा रहेको आर्सनलले २२ खेलबाट ३९ अंक जोडेको छ। दोस्रो स्थानमा उक्लिने मौका गुमाएको चेल्सीले समान खेलबाट ४६ अंक जोडेको छ।

लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटीको २२ खेलबाट ६२ अंक र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेडको ४७ अंक छ।