काठमाडौं-निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन सरकारलाई प्रस्ताव गरेको छ ।


ADVERTISEMENT


सर्वदलीय बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सम्पूर्ण तयारीका लागि कम्तीमा ४० दिन आवश्यक पर्ने भन्दै माघ २५ गतेको प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT

# # #


आयोग सचिवालयले सरकारबाट मिति घोषणा भएको दिनबाट निर्वाचनको दिनसम्म ४० दिन सम्मको समय चाहिने आयोग पदाधिकारी समक्ष कार्यतालिका प्रस्ताव गरेको थियो ।

सोही अनुसार यादवले सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरेका हुन । भेटमा प्रधानमन्त्री देउवाले सो मितिमा सहमति जनाउँदै आगामी मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्त्रिपरिषद् बैठक बिहीबार बस्नेछ । सोही दिन बिहान सर्वदलीय बैठक बोलाईएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले प्रधानमन्त्रीसँगको सरसल्लाह छलफलपछि माघ २५ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने सहमति भएको जानकारी दिदै आयोगले आफ्नो तयारी थाल्ने बताएका छन् ।

वाम गठबन्धन सत्तामा जान आतुर रहेको बेला राष्ट्रिय सभाको निर्वाचन नै एक महिना भन्दा ढिलो हुने भएपछि नयाँ सरकार निर्माण फागुन पहिलो साताअघि सम्भव नहुने भएको छ ।