चौतारा– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थ्रु) सम्पन्न भएको छ ।


ADVERTISEMENT


सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराई ९ब्रेक थ्रु० सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.

मेलम्चीको पानी ग्याल्थुमतर्फ ल्याउने ८.२ किमी लामो सुरुङ ।

५ किमी सुरुङ मध्य सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९।५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ ।

एसियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

मेलम्ची खोलाको पानी प्रारम्भिक प्रशोधनका लागि अम्बाथानमा ल्याइने छोटो सुरुङ । अम्बाथानमा प्रशोधन केन्द्र बन्न बाँकी छ 

 

मेलम्ची खानेपानी आयोजनाको २७.५ किमी सुरुङमध्ये दोेस्रो खण्डको अम्बाथान–ग्याल्थुम ८.२ किमी खण्ड छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने कार्यक्रममा पत्रकारलाई जानकारी गराउँदै खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दी ।

मेलम्ची खोलाबाट बगिरहेको कञ्चन पानी

मेलम्ची खोलाबाट बगिरहेको कञ्चन पानी

तस्बिरहरु : पूर्णप्रसाद मिश्र, रासस