काठमाडौं-लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा चेल्सीले स्टोक सिटीमाथि ५–० को प्रभावशाली जित निकाल्दै अंक तालिकामा म्यान्चेष्टर युनजाइटेटलाई पछि पारेको हो।


ADVERTISEMENT


चेल्सीको जितमा एन्टोनिओ रुडिगर, ड्यानी ड्रिङ्कवाटर, पेड्रो, विलियन र डाभिडे जापाकोस्ताले एक एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल थप्यो ।


ADVERTISEMENT

# # #


खेलको तेस्रो मिनेटमै रूडिगरले चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि ड्रिङ्कवाटरले अग्रता दोब्बर पारे । २३ औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि स्टोक सिटीले घरेलु टोलीलाई रोक्न सकेन । थप दुई गोल खायो । चेल्सीका लागि ७३ औँ मिनेटमा विलियन र ८८ औँ मिनेटमा जापाकोस्ताले गोल गर्दै चेल्सील ५–० को फराकिलो जित हात पार्‍यो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २१ खेलबाट ४५ अंक भएको छ। चेल्सीले म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको छ। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी चेल्सीभन्दा अझै १३ अंकले अगाडि छ।