काठमाडौँ– सामान्यतया बिहान उठ्नेबित्तिकै कफी या चिया पिउन सबैले रुचाउँछन् । तर, खाली पेटमा यसरी चिया वा कफी पिउने बानी गलत भएको बताउँछन चिकित्सकहरू ।


ADVERTISEMENT


चिया वा कफीको साटो हरेक बिहान उठेर लौकाको जुस पिउनु निकै राम्रो हुने चिकित्सकहरूको सुझाब छ । उसो त लौकाको जुस कफी र चियाको जस्तो स्वादिलो हुँदैन । तर लौकाको जुस पिउनुको फाइदा बारे थाहा पाउँदा अधिकांश मानिस आश्चर्यमा पर्छन ।


ADVERTISEMENT

# # #


शरीरमा शक्तिका लागि

बिहान उठेर व्यायाम गर्नेहरूका लागि लौकाको जुस पिउनु धेरै फाइदाजनक हुन्छ । लौकाको जुसमा पाइने प्राकृतिक चिनीले ग्लाइकोजीनको मात्रालाई बनाइ राख्नमा मद्दत गर्छ । साथै कार्बोहाइड्रेटको कमीलाई पनि पुरा गर्छ । लौकाको जूसले मांसपेशीको क्षमतामा वृद्धि गर्छ ।
पिसाबको संक्रमणका बिरामीलाई फाइदाजनक

पिसाबको संक्रमणका बिरामीले लौकाको जुस पिउनु उत्तम हुन्छ । यूरिनमा एसिडको मात्रा बढी भएपछि पिसाब गर्दा पोल्ने र दुख्ने समस्या हुन्छ । लौकाको जुस पिउनाले शरीरमा भएको अम्लिय पदार्थलाई कम गर्छ र पोल्ने तथा दुखाईमा आराम हुन्छ ।

आन्तरिक विकार सफा गर्छ

खाली पेट एक गिलास लौकाको जुस पिउनाले ताजापन र शक्ति प्राप्त हुन्छ । लौकाको जूसमा ९८ प्रतिशत पानी र एन्टी–अक्सीडेंन्ट्स हुन्छ । जसले शरीरबाट टक्सिन्स बाहिर निकाल्ने काम गर्छ । लौकाको जुस पिउनाले शरीरलाई शितलता प्राप्त हुन्छ र शरीरमा भएको आन्तरिक विकार पनि सफा गर्छ ।

तौल घटाउन मद्दत गर्छ

लौकाको जुसमा क्यालोरी र चिल्लो पदार्थ नगन्य मात्रामा हुन्छ । यदि तौल घटाउने सोचमा काही व्यक्ति छन् भने उनीहरूका लागि जूस उत्तम उपाय सावित हुनेछ । यसमा पाइने फाइबरले भोक कम लाग्छ र शरीरको चिल्लो पदार्थ पनि काट्छ ।

कब्जियत हटाउँछ

कब्जीयतको समस्या हुनेहरूका लागि पनि लौकाको जुस निकै लाभप्रद हुन्छ । प्रत्येक बिहान लौकाको जुस पिउन सके कब्जियतको समस्या टाढा भाग्छ । लौकाको जूसमा पाइने फाइबरले पाचन प्रक्रियालाई स्वस्थ र सक्रिय राख्छ । (एजेन्सीको सहयोगमा)