काठमाडौं-कीर्तिमानी रकममा यसै सिजनमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मनी गएका ब्राजिलियन स्टार नेइमार स्पेनिस क्लब रियलमड्रिमा आवद्ध हुने तयारीमा रहेको खबर बाहि आएको छ ।


ADVERTISEMENT


स्पेनिस पत्रिका डायरिओ गोललाई उद्धृत गर्दै एक्सेप्रस युकेले दिएको खबर अनुसार । नेइमारका पिता नेइमार सिनियरले रियल मड्रिडका प्रेसिडेन्ट फ्लोरेन्टनो फेरेजसँग यस विषयमा कुराकानी गरेको र २०१९/२० को सिजनदेखि रियलमा आवद्ध हुनेगरी सम्झौता भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


नेइमार दुई सिजन पिएसजीमै रहेर क्लबलाई उपाधि दिलाउन चाहेको जनाइएको छ । १९८ मिलियन पाउण्डमा पिएसीमा आवद्ध भएका नेइमारले रियल मड्रिडसँग सम्झौता गर्दा २२२ मिलियन पाउण्ड प्राप्त गर्ने पनि उल्लेख गरिएको छ ।

रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको विकल्पको रुपमा नेइमारलाई तयार पार्ने योजनामा रियल मड्रिड रहेको जनाइएको छ ।