काठमाडौं-काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई नर्भिक र ट्रमा सेन्टर पठाइएको छ ।


ADVERTISEMENT


सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै रहेको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो ।


ADVERTISEMENT

# # #


बाटो फराकिलो पारे पनि बिजुलीका पोल भने नसारिँदा जोखिम बढाएको छ ।