कलैया– यही फागुन २७ गते, चैत ७ र १२ गते परेको असिना पानीबाट पुर्याएको क्षतिले उत्पादनमा करिब २५ प्रतिशतले कमी आउने कृषि विकास कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


यसवर्ष गहुँ २८ हजार ९०० हेक्टर, मकै चार हजार ६३५ हेक्टर र दलहन ११ हजार ७८० हेक्टर जमिनमा खेती गरिएको र गहुँ तथा दलहन बाली भित्र्याउने तयारी गरिरहेका किसान मारमा परेका हुन् ।


ADVERTISEMENT

# # #


असिनाले पुर्याएको क्षतिका कारण गहुँ २५, दलहन २५ र मकै १५ प्रतिशतले उत्पादनमा कमी आउने कार्यालय प्रमुख शिवरत्न साहले बताए ।

बालीको बिमा गरेका कृषकलाई बिमा कम्पनीले क्षतिपूर्ति दिने भएकाले बिमा नगरेका कृषक भने समस्यामा परेका छन् ।