काठमाडौं–सत्तारुढ नेपाली काँग्रेसका सबै भातृ संगठनहरुले राष्ट्रपति विद्या भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी गर्न दवाव दिएका छन ।


ADVERTISEMENT


काँग्रेसमा आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डिएलए, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी गर्न दवाव दिएका हुन ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले तत्काल राष्ट्रपतिबाट अध्यादेश जारी नभए आन्दोलनका सशक्त कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी समेत दिइन् ।

काँग्रेसका भातृ संस्थाहरुले सरकारले पठाएको अध्यादेश जारी नगरेर राष्ट्रपति भण्डारी संविधान विपरित चल्न खोजेको आरोप समेत लगाएका छन ।
काँग्रेस भातृ संस्थाहरुले राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी नगरेकै कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढन कठिनाई भईरहेको तर्क पनि गरेका छन ।