काठमाडौँ– बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान यू २३ टोलीसंग ६ विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानी व्याट्सम्यान इमाम उल हकले शतक प्रहार गर्दै पाकिस्तानलाई विजयी गराएका हुन् । पाकिस्तानलाई जित दिलाउने क्रममा १३५ बलको सामन इमामले अविजित रहँदै सार्वाधिक १०० रन बनाए । उनले १३५ बलमा ८ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


नियमित कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी बिना नै मैदानमा उत्रिएको नेपालले पाकिस्तानलार्इ सहजै जित्न दिएन । टेष्ट मान्यताप्राप्त पाकिस्तानी टोलीमा एकदिवशीय अनुभव भइसकेका खेलाडीहरू छन् ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रन बनाए । बलिङतर्फ बंगलादेशका गुलाम मुदासारले ५ र उसामा मिरले २ विकेट लिएका थिए ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।