काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबेै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताएका छन् ।


ADVERTISEMENT


“यहाँ सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको छ, येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन् । उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ”– विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #