काठमाडौँ– चीनको साताब्यापी भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पमकल दाहाल चिनियाँ राष्ट्रपति सि चिनफिङबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


‘ग्रेट हल अफ दि पिपुल’मा सोमबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय हितका विषयमा केन्द्रीत रहेर भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्। राष्ट्रपति सीले आफू उपयुक्त समयमा चाँडै नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए।


ADVERTISEMENT

# # #


 ‘ग्रेट हल अफ दि पिपुल’मा सोमबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय हितका विषयमा केन्द्रीत रहेर छलफल हुँदै । (फोटो  : प्रकाश दाहालको फेसबुक पेजबाट)

प्रधानमनन्त्री प्रचण्डले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने बाहिर भएको प्रचारमा सत्यता नरहेको सन्देश पनि चिनियाँ नेतृत्वलाई दिएको स्रोतको दाबी छ। उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्री पुत्र प्रकाश दाहाल रहेका छन् ।

टोलीका अन्य सदस्यहरु बाहिर छन् । प्रधानमन्त्रीको राष्ट्रपति सि चिनफिङस‌ंग भेटवार्ता ३० मिनेटको हुनेछ । प्रधानमन्त्री निस्के लगत्तै चेन्दूको लागि प्रस्थान गर्ने कार्यक्रम छ । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गर्ने बताइएको छ भने चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा गरेको बताइएको छ ।