काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई पूर्वी र पश्चिम नवलपरासीका प्रहरी कार्यालयले शनिबार बिदाइ गरेका छन् । दुवै जिल्लाका प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर बिदा गरेका हुन् ।


ADVERTISEMENT


बिदाइ कार्यक्रममा पूर्वी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसी र पश्चिम जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुकुन्दराज आचार्यले निर्वाचनको समयमा अनुशासित रुपमा रही शान्ति सुरक्षामा म्यादी प्रहरीले निर्वाह गरेको भूमिकाको बारेमा प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


जिल्लास्थित सुरक्षा प्रमुखको सहभागिता रहेको कार्यक्रममा प्रहरी उपरीक्षकद्वयले म्यादी प्रहरीलाई दिइएको समय सीमा सकिए पनि तालिममा सिकेका सीप र ज्ञान नसकिने भन्दै राज्यलाई आवश्यक पर्ने जुन सुकै समयमा पनि आ–आफ्नो गाउँ र क्षेत्रमा रहेर सहयोग गर्न आग्रह गरेका थिए ।

निर्वाचनका लागि पूर्वी जिल्लामा ९ सय ६० र पश्चिम जिल्लामा १ हजार ४३ जना म्यादी प्रहरी गरी कुल २ हजार ३ जना म्यादी प्रहरी परिचालन गरिएको थियो । उनीहरुलाई पूर्वी जिल्लाको कावासोती, रजहर, गैंडाकोट र पश्चिम जिल्लाको परासी क्षेत्रबाट बिदा गरिएको हो ।

म्यादी प्रहरीसँग बिदाको समयमा सेल्फी खिच्दै पश्चिम नवलपरासीका जिल्ला प्रहरी उपरीक्षक (एसपी) मुकुन्दराज आचार्य ।