सिरहा – जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट भएको छ । अज्ञात समूहलेगरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् ।


ADVERTISEMENT


विष्फोट दिउँसो करिब २ बजेको समयमा भएको बताइएको छ । विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


घाइते तीनै जना सिरहाबासी हुन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बम विष्फोटनको घटनापछि सिरहावासी त्रसित भएका छन् ।

घटना पछि सिरहा सदरमुकाम सिरहाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ ।

घटनास्थलमा सुरक्षाकर्मीले अनुसन्धान थालेका छन । विष्फोटनको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।