काठमाण्डौ– वाम गठबन्धनका नेताहरुले राष्ट्रियसभाको निर्वाचन सम्बन्धि अध्यादेश सहमतिमै अघि बढाउन सरकारसँग आग्रह गरेका छन । वाम गठबन्धनमा आवद्ध एमाले नेता पार्वत गुरुङ र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले सहमतिमै राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश अघि बढाउन सरकारसँग आग्रह गरेका हुन् ।


ADVERTISEMENT


विहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता गुरुङले सरकारले संविधान विपरित आफ्नो स्वार्थ अनुकूल ल्याएको राष्ट्रियसभाको निर्वाचन सम्बन्धि अध्यादेशलाई सहमतिमा अघि बढाउनुको विकल्प नरहेको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले आफूहरुले राष्ट्रियसभाको निर्वाचनसम्बन्धि अध्यादेश सहमतिमै अघि बढाउन चाहेको स्पष्ट पारे । उनले सरकारले ल्याएको अध्यादेशमा सहमति जुटाउन आफ्नो पार्टी तयार रहेको पनि बताए ।

नेता सापकोटाले सरकारले ल्याएको राष्ट्रियसभाको निर्वाचनसम्बन्धि अध्यादेश संविधानसम्मत नभएकाले त्यसको विरोध गर्नु परेको प्रस्ट पारे