रुपन्देही– रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अहिलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई बिकास र समृद्धिको बाटोतर्फ अघि बढाउन एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


एमालेको संसदीय दलको बैठक बसेर पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने बिषयमा औपचारिक निर्णय गर्ने उनको भनाई छ । उनले एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगर्दासम्म मुलुकको बिकासले गति लिन नसक्ने दावी गरे । पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहुदा कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जाने खतरा बढेको जिकिर गरे ।

पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने जनाए ।