काठमाडौँ– केही समयअघि नेपालमा हिमचितुवाको फोटो खिचेको भनिएको तस्बिर नक्कली भएको भन्दै चौतर्फी आलोचना खेपिरहेकी फोटोग्राफर कितिया पाब्लोस्कीले आफुलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् ।


ADVERTISEMENT


पाब्लोस्कीले आफ्ना तस्बिरबारे भइरहेका टिकाटिप्पणीबारे आफ्नो आधिकारिक वेबसाइटमा ‘डिस्क्लेमर’ राख्दै तस्बिर आफैले खिचेको र केही सम्पादन गरिएको बताएकी हुन् । उनले हिमचितुवाको तस्बिरको विषयलाई लिएर आफुमाथि ज्यान मार्ने धम्की आएको समेत उल्लेख गरेकी छन् ।


ADVERTISEMENT

# # #


आफूमाथि लगाइएको आरोप खण्डन गर्दै उनले लेखेकी छन्, ‘मेरा सबै तस्बिरहरू फोटोशप र लाइटरूममा सम्पादन र प्रशोधन गरिएका हुन् । केही तस्बिरहरू कम्पोजिट हुन्, केही होइनन्। कतिपयलाई हल्का ‘रिटच’ गरिएको छ। म पत्रकार होइन । मैँले कतै पनि मेरा तस्बिरहरू सम्पादन गरिएको छैन भनेकी छैन ।’

उनले संसारभरका समाचार र मिडियाले आफ्ना तस्बिरहरू चोरेर आफ्नै अर्थसहित प्रकाशित गर्दै संसारभर फेलाएको र आफूलाई ती तस्बिरहरु सम्पादन गरिएका हुन् कि होइनन् भनेर नसोधेको उनले तर्क गरेकी छन् । साथै कित्तियाले वर्तमान समयमा फोटोग्राफरले फोटो सम्पादन गर्नु सामान्य रहेको जिकिर गरेकी छन् ।

उनले भनेकी छन्, ‘सयौँ फोटोग्राफरले आफ्ना तस्बिरहरु सम्पादन गर्छन् । पृष्ठभूमिहरू परिवर्तन गर्छन्, ठूल्ठूला चन्द्रमा, चट्याङ, ब्लर इफेक्ट, कुहिरोहरु थप्छन् । पृथ्वीमा हरेक पत्रिकाले मोडलका शरीर–अनुहार–इत्यादिका तस्बिरहरू फोटोशपसहित सम्पादन गरिरहेका हुन्छन् ।’

पाब्लोस्कीले गत महिना नेपाल गएको समयमा खिचेको हिमचितुवाको फोटो भन्दै केहि तस्बीरहरु सार्वजनिक गरेकी थिइन् । त्यसलगत्तै उनको चर्चा चुलिएको थियो । नेपालमा भने अमेरिकी दूतावासले उनको सो तस्बीर सार्वजनिक गरेपश्चात् उनी एकाएक चर्चित भइन् ।

तर, फ्रान्सको एक प्रसिद्व पत्रिका एल्पाइन म्यागेजिनले उनको ती तस्बीर नक्कली भएको भन्दै यसबारे थप सोध जारी राख्ने बताएपछि उनी पुनः एकपटक चर्चाको विषय बनेकी छन् । ज्यान मार्ने धम्की आएका कारण आफूले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालका खाताहरु बन्द गरेको उनले जनाएकी छन् ।

यस्तो छ कित्तियाको स्पष्टीकरण :

स्पष्ट गर्नको लागि, मेरा सबै तस्बिरहरू फोटोशप र लाइटरूममा सम्पादन र प्रशोधन गरिएका हुन् । केही तस्बिरहरू कम्पोजिट हुन्, केही होइनन्। कतिपयलाई हल्का ‘रिटच’ गरिएको छ। म पत्रकार होइन । मैँले कतै पनि मेरा तस्बिरहरू सम्पादन गरिएको छैन भनेकी छैन ।

मैँले फाइन आर्ट र ‘मेनिपुलेसन (हेरफेर)’को लागि धेरै पुरस्कारहरू पाएको छु । जुन तपाईंले मेरो वेबसाइटको ‘मेरोबारे’मा देख्न सक्नुहुन्छ। मैँले वर्षौंदेखि गर्दै आएको यही हो ।

संसारभरका समाचार र मिडियाले मेरा तस्बिरहरू चोरेर आफ्नै अर्थसहित प्रकाशित गरे। तिनीहरूले मलाई तस्बिर सम्पादन गरिएको हो कि भनेर सोधेनन्। उनीहरूले तस्बिरहरूलाई आफ्नै तरिकामा व्याख्या गरे र संसारभर फैलाए। उनीहरूले आफ्ना पाठक/समर्थकहरूलाई तस्बिर सम्पादन नगरिएको बताए । जुन असत्य हो, म सधैं मेरो तस्बिरहरू सम्पादन गर्छु।

सेप्टेम्बर–अक्टोबरमा, मैले नेपामैँले नेपाल भ्रमण गरेकी थिएँ । फोटो खिचेँ, सम्पादन गरें, र मेरो फेसबुक पेजमा मेरा २००० साथीहरू र ११०० फलोअरर्सका लागि पोस्ट गरें। यस शृङ्खला पछाडिको कथा सत्य हो, सबै तस्बिरहरू मैले खिचेका हुन्। मैँले वास्तवमा ती तस्बिरहरू खिच्न १०३ माइल हिंकी थिएँ । मैँले केही तस्बिरलाई चयन गरेर साझा गरेकी थिएँ । मेरो सम्पूर्ण शृङ्खलाको लागि एउटै उद्देश्य हिउँ चितुवा संरक्षणको बारेमा सचेतना जगाउने थियो। यही शृङ्खलामा मैँले खिचेका ५० भन्दा अलि बढी प्रिन्टहरू (तस्बिर) बेचेँ र जसबाट आएको ७८७.५० अमेरिकी डलर दान गरेकी छु ।

मैँले आफ्ना तस्बिरहरु, प्रशोधित भिडियो र र फाइल (प्रशोधन नगरिएका फाइल) इत्यादि उपलब्ध गराउन माग गर्दै इमेलहरू प्राप्त गरिरहेकी छु । तर, म दिन्नँ । सयौँ फोटोग्राफरले आफ्ना तस्बिरहरु सम्पादन गर्छन् । पृष्ठभूमिहरू परिवर्तन गर्छन्, ठूल्ठूला चन्द्रमा, चट्याङ, ब्लर इफेक्ट, कुहिरोहरु थप्छन् । म यसबारे विस्तृत भिडियो बनाउँदिन वा मेरा प्रत्येक तस्बिर कसरी प्रशोधन गरियो भन्नेबारे छुट्टै स्पष्टीकरण दिनेछैन । कसैले पनि त्यस्तो गर्दैन भने मैँले मात्रै किन गर्ने ?

संसारमा हरेक पत्रिकाले फोटोशप गरिएको शरीर/अनुहार/इत्यादिका साथ मोडेलहरूको तस्बिरहरू सम्पादन गरिरहेका हुन्छन् । र, तिनीहरू स्पष्टीकरण दिन बाध्य हुँदैनन् ।

फोटोग्राफी र कला बनाउनु मेरो एउटा शौक हो, साथसाथै म एक २४ वर्षीय युवती हुँ, जसको ९-५ बजेसम्मको जागिर छ । म फोटो खिच्न र सम्पादन गर्न मन पराउँछु । संरक्षणको चेतना जगाउन, हाम्रो ग्रहलाई राम्रो बनाउन मदत गर्ने प्रयास गर्छु । यी सबै कामका लागि मलाई ज्यान मार्ने धम्की आएकाले, मैँले मेरा सामाजिक खाताहरू हटाएको छु।’