काठमाडौँ – अर्थविद् डा. चिरञ्जीवि नेपालले सरकार र कर्मचारीतन्त्रका कारण अर्थतन्त्र वेवारिसे भएको बताएका छन् ।


ADVERTISEMENT


हिमालय पोष्टसँगको विशेष कुराकानीमा देश सामान्य खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेपाल राष्ट्र बैँकका पूर्वगभर्नरसमेत रहेका नेपालले मुलुकको अर्थतन्त्रको अवस्था सुधार गर्नका लागि सरकार र कर्मचारीतन्त्र गम्भीर नभएका कारण यस्तो अवस्था आएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैँक र सरकार मिलेर केही महत्वपूर्ण कदम चाल्नै पर्ने बताए । उनले भने, ‘अहिले त सरकार मौन छ । ६–७ महिनादेखि यसले कुनै कदम नै चालेको छैन । केन्द्रीय बैँक (राष्ट्र बैँक)को मात्रै भर पर्दा अर्थतन्त्र वेवारिसे भयो ।’

यस्तै उनले देशका पूराना उद्योग चलाउने भनेर राजनीतिक फण्डा मात्रै चलाइएको बताए । उनले भने, ‘जसको सरकार आए पनि हामी यो उद्योग चलाउँछौँ, त्यो उद्योग चलाउँछौँ भन्ने गरेका छन्, जुन सम्भव नै छैन । सरकारले चलाउनै सक्दैन ती चिजहरु ।’

पूरा भिडियो हेर्नुहोस्: