काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा–३बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लिङ्देनले नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७२ मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


अन्तिम मतपरिणाम अनुसार लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गरे भने सिटौलाले ३७ हजार ३७२ मत ल्याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक २ हजार ९८६ मत ल्याउँदै तेस्रो भए ।


ADVERTISEMENT

# # #


लिङ्देनले २०७४ मा भएको संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि झापा–३ बाट सिटौलालाई नै पराजित गर्दै पहिलो पटक संघीय संसदको यात्रा तय गरेका थिए ।

लिङ्देन गत वर्ष भएको राप्रपाको महाधिवेशनमा कमल थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएसँगै राप्रपामा युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ ।