काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीका प्रदीप यादव विजयी भएका छन् । यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० मतान्तरले हराउँदै जित दर्ता गरेका हुन् ।


ADVERTISEMENT


दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले २२ हजार ५३७ मत प्राप्त गरे । यस्तै निकटतम प्रतिद्वन्द्वी द्विवेदीले २० हजार ९१७ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ण्राप्रपा)का किरण मान डंगोल २ हजार ६५९ मतसहित तेस्रो भए ।


ADVERTISEMENT

# # #


यस्तौ पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी (लोसपा)का उम्मेदवार लक्ष्मणलाल कर्ण चौथो भए । कर्णले १ हजार ११७ मत मात्रै ल्याउन सके । पर्सा–१ मा प्रदेशसभा (क)तर्फ माओवादी केन्द्रका रहवर अन्सारी र (ख)तर्फ जसपाका लालबाबु राउत विजयी भए ।

अन्सारीले एमालेका विचारीप्रसाद यादवलाई र मधेशका वर्तमान मुख्यमन्त्री समेत रहेका राउतले काँग्रेसका रामनारयणप्रसाद कुर्मीलाई पराजित गरे ।